व्यवसायी अग्रवालले गरे आत्महत्या

28
Shares

काठमाडौं ।

धनगढीका एक व्यवसायीले घरको ५ तलाबाट हाम फालेका छन् ।

धनगढी बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालकसमेत रहेका अन्दाजी ५३ वर्षीय सन्तोष अग्रवालले आफ्नै घरको ५ तलाबाट हाम फालेका हुन् ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कमा सन्दीप स्टोर सञ्चालन गर्दै आएका अग्रवाल बुधबार बिहान साढे ११ बजेतिर घरको छतबाट हाम फालेका थिए । उनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।