३ जना असइसहित २४ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन निर्देशन



काठमाडौं ।

नेपाल प्रहरीका २४ प्रहरी सम्पर्कविहीन भएका छन्। प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २४ जना प्रहरीलाई गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन भनेको हो।

सम्पर्कविहीन हुनेहरूमा तीन जना सहायक निरीक्षक (असइ), २ जना सहायक हवल्दार र बाँकी जवानहरू रहेका छन्।

उनीहरुलाई खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले सूचना जारी गरिएको प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ।

प्रहरी प्रधान कार्यालयले अबको सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावली अनुसार सेवाबाट हटाइने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्