नापी सर्वेक्षकसहित ३ जना साढे २ लाख घुससहित पक्राउ



ललितपुर ।

नापी कार्यालय लतितपुरका नापी सर्वेक्षक रामविर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवसहित तीन जनालाई साढे २ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।

आयोगले मंगलबार गरेको स्टिङ अपरेसन क्रममा नापी सर्वेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार जग्गा कित्ताकाँटगरी जग्गा धनी प्रमाण पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग उनीहरूले घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले अनुसन्धान सुरू गरेको थियो।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्