नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला काठमाडाैंबाट पक्राउ

0
Shares

काठमाडौं ।
नाबालिकाहरूलाई यौन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा कठमाडौं महानगरपालिका ३२ बस्ने ३६ वर्षीया आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जडिबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्टहाउस सञ्चालन गरी उक्त क्याफे तथा गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा यस व्युरोबाट खटिएको प्रहरी टोलिले  उनलाई साेमबार पक्राउ हाे  ।

यस्तै दुई जना नाबालिकाको प्रहरीले उद्दार गरेकाे छ । पक्राउ परेकी महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाैं जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेकाे छ  ।