भिजिट भिसामा विदेश : एकैदिन विमानस्थलबाट ८४ जना फर्काइयो

0
Shares

काठमाडौं ।

शंकास्पद कागजपत्र बोकेर भिजिट भिसामा विदेश जान लागेका ८४ जनालाई एकैदिन अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको छ ।

अध्यागमन कार्यालयले पछिल्लो २४ घण्टामा ८४ जनालाई फिर्ता गरिएको जनाएकाे छ। भिजिट भिसाको बहानामा विभिन्न देश जान लागेका तर भिसाको प्रक्रिया नमिलेकालाई फिर्ता गरिएको जनाएकाे छ । उनीहरु दुवई, कतार, बहराइन लगायतका देशमा जान लागेका थिए।

भिसा लगायतका कागजात चेकजाँच गर्दा उनीहरु भ्रमण उदेश्य नभई अर्कै कामका लागि जान लागेको आशंकामा चेकजाँच गर्दा कागजातको प्रक्रिया पनि नमिलेको पाइएको अध्यागमनले जनाएको छ।