नेकपा एसको विधान सम्मेलन माघ १४ देखि शुरु हुने


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को विधान सम्मेलन १४ गते देखि शुरु हुने भएको छ ।

पार्टीको केन्द्रिय समितिले हालै तय गरेको विधान संसोधनको अजेन्डा पारित गर्नका लागि आगामी माघ १४–१५ गते विधान सम्मेलन गर्न लागेको हो ।

काठमाडौँमा सम्पन्न हुने उक्त विद्यान सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।