चितवनमा साहित्यकार मोहन दुवाल पुरस्कृत हुने

0
Shares

काठमाडौं । 

वरिष्ठ साहित्यकार मोहन दुवाल सम्मानित हुने भएका छन् ।

लामो समयदेखि निरन्तर रुपमा ‘जनमत’ मासिकको प्रकाशन गराइ रहेका नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा उदाहरणीय कार्य गरेका  ‘जनमत मासिक’को पूर्णाङ्क ११७ देखि १३७ अङ्कसम्म लगातार रुपमा शहिद शुक्रराज शास्त्रीद्वारा वि.सं. १९८६ मा लेखिएको ‘स्वर्गको दरबार’ नामक महत्वपूर्ण कृतिको पुनः प्रकाशन गरेर एक ऐतिहासिक कार्यको सु-सम्पादन गरेकाले यस कार्यको उच्च मूल्याङ्कन गर्दै दुवाललाई ‘शहिद दशरथ चन्द स्मृति पुरस्कार–२०८०’ बाट पुरस्कृत गरिने भएको छ ।
भरतपुर, चितवनमा यही माघ १६ गते शहिद दिवसको अवसरमा रु.१५ हजार नगद सहितको उक्त पुरस्कार, भरतपुर, चितवनमा भव्य साहित्यिक समारोहकाबीच प्रदान गरिने भएको छ ।