मलेसियाका लागि नेपाली राजदूत पौडेलविरूद्ध उजुरी

0
Shares

काठमाडाैं ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

एनआरएनएको नेतृत्वमा मलेसियामा रहेका विभिन्न राजनीतिक दलका संगठनहरूले राजदूत पौडेल विरूद्ध उजुरी हालेका हुन्।

आफ्नो अख्तियारीबाट बाहिर गएर राजदूत पौडेलले वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिक हकहित विरूद्ध काम गरेको उनीहरूको आरोप छ।गत डिसेम्बर २३ तारिखमा मलेसियाको निजी कम्पनी फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर र वैदेशिक रोजगार बोर्डबीच एक संम्झौता भएको थियो जसमा मलेसिया जाने कामदाहरूसँग ४५ अमेरिकी डलर सेन्टरले लिन पाउनु पर्ने उल्लेख थियो।