भारतले अनुमति नदिएपछि राेकियाे जनकपुरबाट अयोध्या जाने रेल

0
Shares

काठमाडाैं ।

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा राेकिएकाे छ ।

सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा राेकिएकाे हाे ।

शनिबार बिहान नेपाल रेल्वे कम्पनीले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय २० बोगीको रेल जाने व्यवस्था मिलाएको जानकारी दिएको थियो भने शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो ।

सुरक्षाको कारण देखाउँदै भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवामा राेक लगाइएकाे नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले जानकारी दिएका थिए ।