सशस्त्र प्रहरी दिवस : सञ्चारकर्मी र सशस्त्र प्रहरी बलबीच मैत्रीपूर्ण फुटबल सम्पन्न



काठमाडौं ।

 सशस्त्र प्रहरी बल नेपाल २३औँ स्थापना दिवसका अवसरमा संचारकर्मी र सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकस्थित एपीएफ रंगशालामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो । सञ्चारकर्मी टोलीले सशस्त्र प्रहरी बललाई २–१ ले हरायो । सो अवसरमा बलका महानिरीक्षक राजु अर्यालले सहभागी टोलीका खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागिताको प्रमाणपत्र प्रदान गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्