काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

0
Shares

काठमाडौं ।

सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई नियुक्त भएका छन् ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो ।

स्वास्थ्यको कर्मचारी नियुक्तिमा चलखेल गरेको भन्दै अधिकारी र मेयर बालेन शाहबिच विवाद सुरु भएको थियो । विवादकै बिच शाहकै निर्देशनमा अधिकारीको कार्यकक्षमा ताला लगाइएको थियो ।

सो विषयलाई लिएर मेयर शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल, वरिष्ठ शाखा अधिकृत भगवती विडारीलाई निलम्बन गरिएको थियो। अधिकारी योबिचमा बिदामा बसेका थिए