११औं किन्डर ओलम्पिक शनिबारबाट

0
Shares

काठमाडौं ।

११औं किन्डर ओलम्पिक २०८० यहि माघ ६ गते शनिबारदेखि सुरु हुने भएको छ।

अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एसोसियसन ९एकता०को आयोजनामा हरेक वर्ष आयोजना हुंदै आएको यो प्रतियोगितामा माघ ६ शनिबारदेखि १३ गतेसम्म दशरथ रंगशालामा हुने भएको हो।

यसपाली काठमाडौं उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने विहिवार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष विना शर्माले बताउनुभयो। कार्यक्रममा ३ देखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीहरुले विभिन्न खेलकुद इभेन्ट्सहरुमा भाग लिने प्रतियोगिताका संयोजक केदारमान स्थापितले बताएका छन्।

जसमा एथलेटिक्स लगायत जुडो, कराते,उसु, तेक्वान्दो खेल समावेश गरिएको छ। सानै उमेरबाट नै विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त इभेन्टसको नारा ’जित भन्दा सहभागिता महत्वपूणर्’राखिएको छ। एकताका अध्यक्ष विना शर्माले भन्नुभयो ( “किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो। साना नानीहरुलाई रंगशालासम्म दोर्याउनु हाम्रो उदेश्य हो।

सबै सहभागिलाई पदक दिन्छौं। ताकी जित भन्दा सहभागिता मुख्य हो भन्ने सबैले महशुस गरुन्।“ सहभागि खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ।