दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास, एक जना पक्राउ

0
Shares

काठमाडौं ।

व्यवसायी दुर्गा प्रसाईमाथि कुटपिटको प्रयास भएको छ । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईलाई कुटपिटको प्रयास भएको हो ।

कार्यक्रम स्थलमा पुगेका प्रसाईलाई स्थानीय ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गरेका हुन् ।  प्रसाईमाथि हातपात प्रयास गरेका गौतमलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय बागलुङको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङले गौतमलाई हिरातसमा लिएर अनुसन्धान भइरहेको बताएका छन्।