थप दुई जनालाई  १३ दिन थुनामा राख्न अदालतको अनुमति, चारजना अझै फरार 

0
Shares

मुगु। 

१४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेका पाँचमध्ये थप दुई जनालाई पनि अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालत मुगुले अनुमति दिएको छ ।

तीनजनालाई मंगलबार नै १३ दिन थुनामा राख्न अनुमति दिइसकेको थियो । बुधबार दुई जनालाई म्याद थप भएपछि अब पक्राउ परेका पाँचैजनालाई १३ दिन थुनामा राखेर घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले जानकारी गराए । घटनामा संलग्न भनी जाहेरी परेका अन्य चारजना अझै फरार रहेका र उनीहरूको खोजीकार्य जारी रहेको उनले बताए ।

छायाँनाथ रारा नगरपालिका– १४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौजनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी २२ वर्षीय वसन्त रोकाया छन् । अन्य तीनजना बालक रहेको प्रहरीले जनाएको छ ।