कोशीमाथि आर्मी ९ विकेटले विजयी

0
Shares

काठमाडौं ।

त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले दिएको ८९ रनको लक्ष्य पछाएको त्रिभुवन आर्मी क्लबले ९.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

आर्मीको जितमा इमरान सेख र सन्तोष कार्कीले ३२.३२ रन बनाएका थिए भने कुशल मल्लले २२ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुँदै ८८ रन बनाएको थियो ।

कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । कोशीलाई कम रनमा अल औअत गर्ने क्रममा आर्मीका बलर शाहाब आलमले ६ विकेट लिएका थिए । आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए ।

त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए । योसँगै आर्मीले जारी प्रतियोगितामा तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार चौथो हार बेहोरेको छ । अब कोशी प्रदेशले अर्को खेल शुक्रबार बागमती प्रदेशसँग टियु मैदानमा खेल्ने छ भने आर्मीले आइतबार नेपाल पुलिस क्लबसँग भैरहवामा खेल्ने छ ।