वडाध्यक्ष श्रेष्ठलाई मातृशोक

0
Shares

ललितपुर।

ललितपुर महानगरपालिका- ५ का वडाध्यक्ष विकासमान श्रेष्ठलाई मातृशोक परेको छ ।

उनकी आमा सरस्वती (सान्नी श्रेष्ठ)को ८७ वर्षको उमेरमा बुधबार ललितपुर थसिखेलस्थित निवासमै निधन भएको हो । स्वर्गीय श्रेष्ठको पार्थिव शरीरलाई बुधबार राति पशुपतिस्थित आर्यघाट नेवाः परम्परा अनुसार दाह संस्कार गरिएको थियो ।कान्छा पुत्रका नाताले वडाध्यक्ष श्रेष्ठले स्वर्गीय श्रेष्ठको पार्थिव शरीरमा दागबत्ती दिए ।

स्वर्गीय श्रेष्ठका दुई छोरा र दुई छोरी रहेका छन् । वडाध्यक्ष श्रेष्ठ सम्बद्व विभिन्न संघसंस्था, शुभेच्छुकहरूले स्वर्गीय श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।