बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष जोशीको निधन

0
Shares

काठमाडौं ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको ५२ वर्षको उमेरमा निधन भएको छ। उपाध्यक्ष जोशीको बिहीबार बिहान आफ्नै घरमा निधन भएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले जानकारी दिएका छन् ।

उपाध्यक्ष जोशी क्यान्सरबाट पीडित थिइन्। ललितपुरको किष्ट अस्पतालमा उपचार गराएर हालै उनलाई घर लगिएको थियो। २०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा जोशी नेपाली कांग्रेसबाट उम्मेदवार भई उपाध्यक्षमा निर्वाचित भएकी थिइन्।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले उपाध्यक्ष जोशीको निधनमा दुस्ख व्यक्त गर्दै गत मंसिर २८ को जंसालमा भएको भेट नै अन्तिम भएको उल्लेख गरेका छन्।