यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

0
Shares

काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २००, कालो अङ्गुर ३००, केरा १३०, अनार २५०, किवी ३००, आभोकाडो २५०, अमला ८० र अम्बा १२० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४०, लोकल सानो गोलभेँडा १८, अदुवा १५०, रातो आलु ३६, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३५, कागती १४०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३५, लौका ६०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ५०, राजमा घिउ सिमी ७० र हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ४० रूपैयामा खरिदबिक्री हुँदै छ भने तोरीको साग र रायोको साग ४०, चमसूर, पालूगो, मेथी, सौफको साग र जिरीको साग ९० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८०, चाइनिज प्याज ६०, हरियो प्याज १४० र पुदीना ३२० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १२०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने डल्ले भन्टा र लाम्चो भन्टा ५० र हरियो धनियाँ १४० रुपैयाँ पाइने समितिले जनाएको छ।

यस्तै ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।