यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?



काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलरको भाउ बढेको छ भने युरो घटेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा बिहीबार अमेरिकी डलरको भाउ ११ पैसाले बढेको छ।

यसअघि बुधबार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २२ पैसामा कारोबार भएको थियो। यसैगरी आज ७ पैसाले घटेर युरोको एकको खरिदमा १४४ रुपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रुपैयाँ कायम गरिएको छ।

बुधबार भने युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ०७ पैसा तोकिएको थियो। त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर भने ८७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४१ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रुपैयाँ १७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ६१ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९८ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ ०२ पैसा रहेको छ।

चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४५ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ८६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९० पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बिहीबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ४० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६५ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहीबार २८ रुपैयाँ १४ पैसा र बिक्रीदर २८ रुपैयाँ २६ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ०२ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६८ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्