यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

मंगलबार अमेरिकी डलरसँगै युरोमा पनि सामान्य गिरावट आएको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। सोमबार स्थिर रहेको अमेरिकी डलरको भाउ ६ पैसाले घटेको छ।

यसअघि सोमबार एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसामा कारोबार भएको थियो। यसैगरी आज १३ पैसाले घटेको युरोको एकको खरिदमा १४४ रुपैयाँ ८४ पैसा र बिक्रीमा १४५ रुपैयाँ ४९ पैसा तोकिएको छ।

सोमबार भने युरोपियन युरो एकको खरिदमा १४४ रुपैयाँ ९७ पैसा र बिक्रीमा १४५ रुपैयाँ ६३ पैसा तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर भने ८८ रुपैयाँ १८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ९ रुपैयाँ ९ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ १३ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रुपैयाँ एक पैसा तथा बिक्री दर १० रुपैयाँ ६ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, मंगलबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर ३६ रुपैयाँ १९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार २८ रुपैयाँ ३४ पैसा र बिक्रीदर २८ रुपैयाँ ४७ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ र बिक्रीदर ३५२ रुपैयाँ ५९ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।