कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

0
Shares

धनगढी ।

कैलालीमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। कुटपिटबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ का ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित न्यु सत्कार दोहोरी साँझमा मदिरा सेवनका क्रममा कुटपिटमा परेका उनको मृत्यु भएपछि सँगै रहेका ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

२५ पुसमा दोहोरी साँझ गएका उनलाई घाइते अवस्थामा साथीहरूले घर लगिदिएका थिए। यसपछि परिवारले उनलाई उपचारका लागि धनगढीको  निसर्ग अस्पताल लगेका थिए।

देउवाको उपचारकै क्रममा मृत्यु भयो। उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकका परिवारले मृतकका साथीहरूविरुद्ध ज्यानसम्बन्धी मुद्दामा जाहेरी दिएका छन्।