यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ भने युरोपियन युरोको खरिदमा १४५ रुपैयाँ १ पैसा र बिक्रीदरमा १४५ रुपैयाँ ६७ पैसा तोकिएको छ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर भने ८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९६ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदरमा ९९ रुपैयाँ ४७ पैसा कायम गरिएको छ।

यता, जापानी येन १० को खरिददर ९ रुपैयाँ १२ पैसा कायम हुँदा बिक्री दर भने ९ रुपैयाँ १६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४७ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा तथा बिक्री दर १० रुपैयाँ १२ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ५२ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३५ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रुपैयाँ ५३ पैसा र बिक्रीदर २८ रुपैयाँ ६६ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रुपैयाँ २१ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ ।