इन्टर मिलानको शानदार जित



काठमाडौं।

इटालियन सिरी ए अन्तर्गत इन्टर मिलानले मोन्जामाथि शानदार जित हासिल गरेको छ। गएराती सम्पन्न खेलमा इन्टर मिलानले मोन्जालाई ५-१ गोल अन्तरले पराजित गरेको हो।

इन्टर मिलानको जितमा हकान कलहानोग्लू र लाउतारो मार्टिनेजले २-२ गोल गरेका थिए भने मार्कस थुरामले एक गोल गरेका थिए। त्यसैगरी मोन्जाका लागि एक गोल माटेओ पेस्सिनाले गरेका थिए। यो जितपछि इन्टर मिलानले सिरी ए मा आफ्नो अग्रता बढाएको छ।

इन्टर मिलानको २० खेलमा ५१ अंक रहेको छ। त्यस्तै मोन्जाको भने २० खेलमा २५ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्