च्याम्पियनसिपको उपाधि दोलखालाई

0
Shares

ललितपुर ।

छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखा चेस होम नेपालले जितेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सिलाल स्मृती प्रतिष्ठानको हलमा शनिबार सम्पन्न फाइनल खेलमा भक्तपुर जिल्ला बुद्धिचाल संघलाई हराउँदै दोलखाले उपाधि जितेको हो।

उपाधि जित्ने क्रममा दोलखाले भक्तपुरलाई पराजित गर्‍यो। टिमलाई उपाधि जिताउने क्रममा दोलखाका वर्तमान नेपाल च्याम्पियन रुपेस जैसवालले युवा खेलाडी पुरुसोत्तम सिलवाललाई पराजित गर्दा दोलखाका सुश्रुत दाहाल भक्तपुरका विकास चोकामीसँग बराबरी खेले भने।

त्यस्तै दोलखाका मुहान नर्सिङ श्रेष्ठ र सुजना लोहनीले क्रमशः भक्तपुरका स्वर्णिम दुवाल अभिक शाहलाई पराजित गरे। यस्तै शनिबार नै भएको अर्को खेलमा कमवानपुर जिल्ला चेस संघलाई पराजित गर्दै कोशी प्रदेश प्रतियोगितामा तेश्रो भएको छ।

प्रतियोगिताको उपाधि जितेसँगै दोलखाले ट्रफीसँग २ लाख नगद पुरस्कार प्राप्त गरेको छ। यस्तै उपविजेता भक्तपुरले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गरेको केशीले ६० हजार र चौथो भएको मकवानपुरले ४० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १० हजार पुरस्कार प्रदान गरिएको छ।

नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा सम्पन्न राष्ट्रिय स्तरका उत्कृट १९ क्लबले प्रतिस्पर्धा गरेको प्रतियोगिताको कूल पुरस्कार राशी ४ लाख ७० हजार रहेको थियो।