गोदावरी मेयर कप क्योकुसिन कराते सम्पन्न



ललितपुर ।

ललितपुरको बज्रबाराहीमा सञ्चालित १९औं नेपाल फुलकन्ट्याक इन्कोर्पाेरेटेड क्योकुसिन कराते प्रतियोगिता तथा सातौं मेयर कप क्योकुसिन कराते प्रतियोगिता शनिबार सम्पन्न भएको छ।

नेपाल फुलकन्ट्याक इन्कोर्पाेरेटेड क्योकुसिन कराते फाउन्डेसनद्वारा शुक्रबारदेखि सञ्चालन भएको १९औं नेपाल फुलकन्ट्याक इन्कोर्पाेरेटेड क्योकुसिन कराते प्रतियोगिता आयोजना भएको हो।

प्रतियोगिताको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले गर्नुभएको थियो भने समापन समारोहमा बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनले विजेता खेलाडीहरूलाई कप, मेडल र प्रमाणपत्र वितरण गर्नुभयो।

प्रतियोगितामा पुरुषतर्फ २५ केजी मुनीको तौल समूहमा रिदम मगर, सुभाङ्कर सिल्वाल, बरिदजंग खड्का, आयुष तामाङ, शैलेश तामाङ र सन्दीप भुजेल प्रथम भएका छन् भने महिलातर्फ निशा ब्लोन र रिमा बोहोरा प्रथम भएका छन्।

३० केजी मुनिको तौल समूहमा पुरुषतर्फ सुशान दर्लामी मगर, दिवस बोहोरा, बुदेश तामाङ र दिनेश श्रेष्ठ प्रथम हुन सफल भए भने महिलातर्फ पूर्णिमा ब्लोन प्रथम हुन सफल भइन् ३५ केजी मुनिको तौल समूहमा पुरुषतर्फ मौलिक थापा मगर, रोहित तामाङ, सुजन तामाङ र मौसम लो प्रथम हुन सफल भए।

४० केजी मुनिको तौल समूहमा पुरुषतर्फ आशिष राई, योगेश मगर र मनोज अग्री प्रथम भए भने महिलातर्फ रञ्जिता तामाङ र प्रनिशा तामाङ प्रथम भए । ४५ केजी मुनीको तौल समूहमा पुरुषतर्फ करण शाही, ५० केजी मुनिको तौल समूहमा विराज पुलामी र महिलातर्फ सिवानी आले मगर प्रथम भएका थिए।

५५ केजी मुनिको तौल समूहमा पुरुषतर्फ चन्द्र थिङ र महिलातर्फ रोहनी कस्ती प्रथम हुन सफल भए भने ६० केजी मुनिको तौल समूहमा पुरुषतर्फ सरोज तामाङ प्रथम भए।

प्रतिक्रिया दिनुहोस्