चेल्सीले फुलह्यामलाई १-० ले हरायो

0
Shares

काठमाडौं ।

ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले फुलह्यामलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा चेल्सीले फुलह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो।

चेल्सीको जितमा कोल पाल्मेरले गरेको गोल नै निर्णायक गोल बनेको थियो । पाल्मेरले खेलको पहिलो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत गोल गरेका थिए।
यो चेल्सीको यस सिजनमा नवौं जित हो।

यो जितपछि चेल्सीको २१ खेलमा ३१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ। त्यस्तै फुलह्यामको २१ खेलमा २४ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।