राष्ट्रियसभाका उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

0
Shares

काठमाडौं ।

आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।

निर्वाचन आयोगको स्वीकृत कार्यक्रम अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।

सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार मैदानमा रहेका छन्। सो निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता भएको थियो।आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, वागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार रहेका छन्।

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।सातै प्रदेशमा महिला समूहतर्फ १८,दलित समूहतर्फ पाँच, अपा∙ता भएका व्यक्ति वा अल्पसख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार रहेका छन्।