जसपाको केन्द्रीय समितिको बैठक आज बस्दै

0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै छ । ललितपुरको ज्यापु प्रज्ञा भवनमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठकले राजनीतिक समितिको बैठकमा प्रस्तुत राजनीतिक तथा सांगठनिक प्रतिवेदनउपर निर्णय हुनुका साथै राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि निर्णय हुने छ।

राजनीतिक समितिको बैठकमा पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गते धनुषामा गर्ने प्रस्तावबारे समेत आजको बैठकमा निर्णय हुने छ।