बेत्रावति धाममा २० हजार श्रद्वालुहरूले गरे पितृको श्राद्व



रसुवा ।

रसुवा र नुवाकोटको संगमस्थल बेत्रावति धाममा पौष शुक्ल अ‍ौंसीको अवसर पारेर २० हजार श्रद्वालुहरूले आफ्नो पितृहरूको सम्झनामा श्राद्व गरेका छन् ।

देशको विभिन्न स्थानहरू जुम्ला, झापा, काठमाडौं,ललितपुर,भक्तपुर,धादिङ,गोरखा,चितवन,नुवाकोट,रसुवा लगाएतका टाढा,टाढाको मानिसहरू यस पवित्र भुमिमा आफ्नो दिवङगतहरूको सम्झनामा तर्पण दिन्छन् ।

चार- धाम मध्येको एक धाम वेत्रावति हिन्दु तथा वौद्वको पवित्र धाम मा सत्ययुगमा भगवान शिवले काटकुट विषपिई त्यसको राप शान्त पार्न भौतारिएर हिडेको अवस्थामा त्रिशुलि नदि र महादेव ले नै बेदको लौरो ले खोपेर उत्पति भएको बेत्रगंगास्थित फलाखु खोलाको संगमस्थल समेत भएकोले पवित्र भुकिको रूपमा परिचित छ ।

यस ठाउँ मा २०४९ सालमा योगि नरहरि नाथले कोटिहोम लगाएपछि झनै बेत्रावति को धार्मिक महत्व वोकेको छ । यस ठाउँ मा पितृहरूको नाममा श्राद्व गर्नाले सिधै स्वर्ग मा वास हुने र सन्सार कै ठुलो गया मध्येको एक उतरगया भएकाले पनि यहाँ हरेक वर्ष श्राद्व गर्न मानिसको भिड लाग्ने वेत्रावतिका स्थानीय समाजसेवी दिलकृष्ण श्रेष्ठले बताए  ।

भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्दछन्। यस ठाउँमा आएर परलोक भएका आफ्ना बाबु-आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहेकाे छ ।

उतरगया क्षेत्रको ईतिहास

नेपाल र तिब्बतबीच १८४९ सालमा भएको ऐतिहासिक बेत्रावति सन्धि पनि यही ठाउँमा भएको तथ्य छ । सिगात्सेसम्म नेपाली गोर्खाली सेना चिनको छिङ महाराजाको ठुलो संख्यामा आएका सेनासंग पछि हट्न बाध्य भएका नेपाली गोर्खाली सेना र चिनियाँ सेनाको लडाइँ रसुवा र नुवाकोटको सिमाना वेत्रावतिमा भएपछि दुवैले ठुलो क्षति व्यहोरे पछि नेपाल- तिव्वत- चीनबीच सन १७९२ अक्टोबर ५ मा सन्धि गरेका थिए ।

धार्मिक आस्था बोकेको उतरगया

बेत्रावति सन्धिलाई विजय उत्सवको रूपमा मनाउन गोरू जुधाई परम्परा सुरू भएको धार्मिक मान्यता समेत रहेको छ । यस उतरगयाधाममा हरेक जात जातिले पितृकार्य गर्ने स्थल, पौषे औशीमा श्राद्व, गाईजात्रामा लाखे नाच, ठुलो एकादशीमा फुलको डोली ल्याउने र भजन किर्तन गरी नदी तार्ने, माघेसंक्रातिमा गोरू जुधाई गरिने, फागुमा सामुहिक होली, रामनवमी पर्व तथा कृष्ण जन्माष्टमीमा विषेश मेला लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्