विश्व थालेसीमिया दिवस नेपालमा पनि मनाइयो



काठमाडौं ।

वीर अस्पतालको हेमाटोलोजी विभाग तथा नेपाल थालेसीमिया सोसाइटीको आयोजनामा अपुष्ट रक्तकोष सम्बन्धी वंशाणुगत रोग थालेसीमिया सम्बन्धी विश्व थालेसीमिया दिवसु मनाइएको छ।

मे ८ तारिक स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहको प्रमुख आतिथ्यमा राष्ट्रिय ट्रमा सेन्टरको शभाहलमा यो दिवस मनाइएको हो।

यो दिवस थालेसीमिया सम्बन्धी जनचेतना फैलाउने तथा उपचारको अधिकारबारे जागरण ल्याउने उदेश्यले विश्वभर बिभिन्न कार्यक्रम गरि मनाइन्छ।

“थालेसीमियाू अथवा ूअपुष्ट रक्तकोषू रगत सम्वन्धी हुने विभिन्न रोगहरुमध्येको एउटा अति नै अप्ठ्यारो अनूवंशीय रोग हो। यो तीन महिना देखि ५(६ वर्षसम्म उमेरका बच्चाहरुमा देखिन्छ। कसैलाई १०/१२ वर्षमा पनि देखिन्छ, यस रोगका रोगीलाई बचाउनका निम्ति आजीवन रगत तथा अन्य औषधीहरु दिईरहनु पर्दछ। यो रोगबाट मुक्ति पाउने अन्यकुनै भरपर्दो उपचार छैन यसर्थ बच्चा जन्माउनु पूर्व नै यो रोगबाट सचेत हुनु एकमात्र यसको भरपर्दो उपचार हो।

कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहले यस्ता समस्याको समाधान गर्न क्लिनिसियन र पोलेसीमेकर सबै बसेर प्राथमिकता अनुसार काम गर्ने बेला भएको बताए।

उनले अहिलेनै यस रोगको रोकथामको काम शुरु गरे पनि तीन पुस्ता पछी मात्र थालेसीमिया फ्री समाजु बनाउन सकिने भन्दै राज्य तथा सरोकारवालाहरु एकै ठाउमा बसेर नीति निर्माण र त्यसको कार्यन्वयनमा लाग्न ढिला भइसकेको बताए।

वीर अस्पतालका सिनियर हेमाटलोजिष्ट डा निरज कुमार सिंहले स्वास्थ्य मन्त्रालयका सरकारी अस्पतालमा वोनम्यारो ट्रान्सप्लान्ट अहिले सम्म नहुनु दुःखद रहेको भन्दै यस रोगको उपचारका लागि आवश्यक वोनम्यारो ट्रान्सप्लान्ट सरकारी अस।पतालमा राख्न ढिला भइसकेको जानकारी दिए।

त्यसैगरी वीर अस्पतालकी सिनियर क्लिनिकल जेनेटिसिस्ट डा निलम ठाकुरले सरकारको प्रथमिकतामा रेयर डिजिज नपरेको गुनासो गर्दै यसको समस्या दिनानुदिन बढ्दै गएको बताइन्।

त्यस्तै ५ वर्ष मुनिका बच्चाको मृत्युको कारण पनि थालेसीमिया समेत रहेको भन्दै यसको नियन्त्रण बिना कसरी स्वास्थ्यको सुचकांक सुधार्न सकिन्छ र कसरी दिगो विकासको लक्ष्य पुरा गर्न सकिन्छ भन्दै प्रश्न गरिन्। उनले सरकारले अहिले छुट्याएको बजेटले सन्तोषजनक काम गर्न नसकिने गुनासो गरिन्।

कार्यक्रममा बिरामीका परिवार तथा बिरामीले उपचार अनुभव साट्ने क्रममा बिरामीका बुबा अशोक खनाल लगायतले उपचार अनुभव र समस्या बारे बोलेका थिए।

वीर अस्पतालका सहायक निर्देशक डा समाज गौतमको सभापतित्वमा भएको कार्यक्रममा, राष्ट्रिय ट्रमा सेन्टरका निमित्त निर्देशक डा प्रमोद यादव लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्