के हो लुपस यसले ज्यानै लिन सक्छ



काठमाडौं । 

लुपस नामक स्वास्थ्य समस्याका कारण धेरै मानिसले अकालमा ज्यान गुमाएका छन् । विश्व व्यापी रुपमा यो रोगका बिरामी धेरै छन् । नेपालमा पनि लुपसका धेरै बिरामी भएकाले लुपस नामक संस्थानै खोलेर लुपस के हो र कसरी उपचार गर्ने लगायतका बिषयमा सरकारको ध्यानाकर्ष गराउने काममा समेत सकृय भएकोछ ।

लुपस नेपालका उपाध्यक्ष निशा श्रेष्ठ भन्नुहुन्छ–हामीले बिरामी र बिरामीका परिवारलाई जनचेतना जगाउँने उदेश्यले सन् २०२२ मा यो संस्था खोलेका हौं । यो संस्थामा ८ जना बोर्ड सदस्यहरु लुपसकै बिरामी हुनुहुन्छ र अन्य सदस्यहरु पनि बिरामी नै हुनुहुन्छ । विश्वले मे महिनालाई लुपस जनचेतना जगाउँने महिनाको रुपमा लिएकोछ । हामीले पनि शुक्रवार बीएण्डबी अस्पतालसँग सयुक्त रुपमा कार्यक्रम गर्दैछौ ।

नेपालमा भने यो रोग के हो र कसरी कस्ता व्यक्तिलाई लाग्छ भन्ने बिषयमा जनचेतनाको अभावछ । लुपस लागेका व्यक्तिमा रोगसँग लड्ने क्षमताको कमी हुनुका साथै शरिका अन्य अंगहरुलाई ध्वस्त बनाउँछ । विशेषगरि लुपसका बिरामीको सबैभन्दा पहिला मृगौलामा आक्रमण गर्छ । यो रोग सामान्य देखि घातक हुने हुनाले जनचेतना जगाउँनुपर्छ । विशेष गरि बाथरोगसँग सम्बन्धीत भएकाले पहिचान गर्न ढिलो हुनुका साथै उपचार पदति महगो हुन्छ ।

शुरुमा यो रोग लुपसनै हो भन्ने पहिचान गर्नै गाह्रो भएको अवस्थाछ । रोग पत्ता लगाउँन गाह्रो हुनुको प्रमुख कारण अन्य रोगसँग पनि लक्षण मिल्दो हुनुनै हो । लुपसको प्रमुख लक्षणहरु भनेको हाडजोर्नी दुख्ने, कपाल झर्ने, घाममा हिड्दा रातो रातो डाबरहरु आउँने, मृगौला, मांसपेसी, रक्तनलीहरुमा समेत असर गर्छ ।

यो रोग बिशेषगरि महिलामा बढी हुने गर्दछ । यो बंशाणुगत पनि हुन सक्छ । कतिपय अवस्थामा रोगको लक्षण अन्य रोगसँग मिल्दोजुल्दो हुनु, घाममा हिड्दा दुखाई रहित रातो रातो डाबर पुतली आकारको आउँनु, कपाल टुक्रा भएर झर्नु, हातगोडाको जोनी दुख्नु जस्ता समस्या हुने हुनाले यस बिषयमा समयमै स्वास्थ्य परिक्षण गरि रोगको पहिचान सहित उपचार गर्नुपर्छ । नेपालमा यो उपचार निकै महगो हुनुका साथै सर्वसाधारण मानिसले उपचार गर्नै गाह्रोछ । विदेश गएर उपचार गराउँने धेरै टाढाको कुरा हो उपाध्यक्ष श्रेष्ठ भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्