अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्षमा राई निर्वाचित

0
Shares

काठमाडौं ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित भएका छन्। आज सम्पन्न प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो।

जसअनुसार उपाध्यक्षमा इन्द्र बोहोरा, रोहित बोगटी र दिनेश सिंह, सचिवमा कमल रोकाया चयन भए। यस्तै सहसचिवमा यसोदा थापा, पुष्कर दौल्याल र नरेन्द्र साउद र कोषाध्यक्षमा जेबी कुँवर चयन भए।

अधिवेशनको उद्घाटन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गरेका थिए।