दुध उत्पादक किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिइने

0
Shares

रसुवा ।

रसुवाको कालिका गाउँपालिकाले दुध उत्पादक किसानलाई आर्थिक अनुदान दिने भएको छ। किसानलाई कृषिबाट आत्मनिर्भर बनाउन दुधमा प्रतिलिटर तीन रुपैयाँ  अनुदान दिन लागिएको हो।

गाउँपालिकाको १४ औँ अधिवेशनमा सभाले पालिकाको कृषि उपज सङ्कलन, प्रशोधन तथा बिक्री केन्द्र संचालन तथा व्यवस्थापन, दुधमा अनुदान उपलब्ध गराउने कार्यविधि बनाएर पारित गरेको छ।

गाउँपालिका प्रवक्ता एवं वडा नम्बर-५ का वडा अध्यक्ष सन्दीप पौडेलका अनुसार कार्यविधि स्वीकृत भएसँगै उत्पादनको आधारमा किसानले दुधमा प्रतिलिटर तिन रुपैयाँका दरले अनुदान पाउने छन्।

दुग्ध विकास संस्थानको दुग्ध सङ्कलन केन्द्रमा दुध बिक्री गर्ने कृषकलाई गाउँपालिकाले अनुदान दिने जनाइएको छ। कृषिबाट गाउँपालिकालाई  अर्थतन्त्रमा अब्बल बनाउन सकिन्छ भन्ने उद्देश्यले  यस्तो कार्यविधि बनाइएको पौडलले  बताए।

‘दुधमा मात्रै हैन हामीले तरकारी तथा फलफूल, माछा मासुलगायत व्यावसायिक रूपमा कृषि उपज उत्पादन गर्ने किसानलाई प्राथमिकतामा राखेका छौं,’ वडा अध्यक्ष पौडेलले भने, ‘कृषिले तल्लो तहका किसानलाई समेट्ने हुँदा यसलाई प्राथमिकतामा राखेका हौँ।’

Skip This