बोलेरोको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु



ललितपुर ।

गोदावरी नगरपालिका-१४ हाडेगाउँ चोक बाडेगाउँस्थित सडकमा बा.२१ च ७३५० नम्बरको बोलेरोले बागमती प्रदेश ०२-०४१ प ९४२२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्कुटरमा सवार सोही नगरपालिका गोदावरी बस्ने २० वर्षीया गायत्री श्रेष्ठ रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बोलेरो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्