जबरजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

0
Shares

उदयपुर ।

जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले उदयपुरबाट ३ जनालाई पक्राउ गरेको छ। २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग मगर रहेका छन्।

उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही ठाउँस्थित जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।