खुकुरी प्रहार गरी छाेराकाे हत्या गर्ने बुबा पक्राउ

0
Shares

ईलाम ।

आफ्नै छोरा हत्या गरेको अभियोगमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा माई नगरपालिका-६ बिहिबारे बस्ने ३६ वर्षीय दिल कुमार राई रहेका  छन् । उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिल कुमारले खुकुरी प्रहार गर्दा १९ वर्षीय जीवन राईको घाइते भएको थिए । घाइते भएका जीवनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।