ललितपुर– ५ मा बृहत स्वास्थ्य शिविर सम्पन्न

निशुल्क औषधी वितरण

14
Shares

ललितपुर ।

सेवालाई सबैको पहुँच योग्य बनाउने र आर्थिकस्तर कमजोर भएका मानिसहरुलाई लक्षित गरी ललितपुर महानगरपालिका– ५ वडा कार्यालयले निशुल्क बृहत स्वास्थ्य शिविर आयोजना गरेको छ।

वडाले महानगरपालिकाको जनस्वास्थ्य शाखा, वडा स्वास्थ्य कार्यान्वयन समिति–५,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताल , तिल गंगा आँखा प्रतिष्ठान,स्वस्तिक हेल्थ केयर सेन्टर, श्री महालक्ष्मी व्यवस्थापन समितिसंग मिलेर शनिबार महालक्ष्मी मन्दिर परिसरमा सो शिविर आयोजना गरेको हो।त्यसैगरी शिविर सञ्चालन गर्न मनकामना मेड कन्सर्ट प्रा.लि र रोटरी क्लब महाबौद्धको पनि सहयोग रहेको थियो।

सो शिविरमा नाक, कान र घाँटी, स्त्रीरोग ,बाल रोग,दाँत, इसीजी, आँखा र ४० वर्ष नाघेका व्यक्तिहरुको मधुमेह परीक्षण गरिएको थियो।नियमित घरदैलो गरी स्वास्थ्य परीक्षण गर्दै आएका जेष्ठ नागरिकको समेत थप स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्यपछि चिकित्सकहरुको सल्लाह अनुसार निशुल्क औषधी वितरण गरिएको थियो। स्वास्थ्य शिविरमा वडाका जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेवीहरु खटिएका थिए।

वडाअध्यक्ष विकासमानका अनुसार स्वास्थ्य शिविरमा ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।वडाअध्यक्ष श्रेष्ठका अनुसार शिविरबाट स्वास्थ्य परीक्षणमा सहभागीहरुलाई आफ्नो स्वास्थ्यको बारे जानकारी दिनुका साथै त्यसको उपचार बारे पनि परामर्श दिइएको थियो।यस किसिमको शिविरले सहभागीहरुलाई नियमित स्वास्थ्य जाँच गर्नपनि सल्लाह दिइएको थियो। स्वास्थ्य सेवामा सबैको सहज पहुँच पु¥याउने उद्देश्यले स्वास्थ्य शिविरलाई प्राथमिकता दिदै आएको पनि वडाअध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।