राष्ट्रिय सभा निर्वाचन : आज अन्तिम नामावली प्रकाशन



काठमाडौंं ।

यही माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनका लागि आज आइतबार मतदाताको अन्तिम नामावली प्रकाशित गरिने भएको छ।

शुक्रबार नामावली प्रकाशित गरेपछि दाबी विरोधका लागि दुई दिन समय दिएको आयोगले आज मतदाताको अन्तिम नामावली प्रकाशित गर्न लागेको हो।

आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ। प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख राष्ट्रिय सभाका मतदाता हुन्छन्।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ। पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने निर्वाचन कार्यतालिका छ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्