कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ। राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाउन शनिबार दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको थियो।

आज बोलाइएको बैठक विशेष कारणले सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। पौडेलद्धारा जारी सूचनामा भनिएको छ,‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० पुस २१ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्ने भनिएकोमा विशेष कारणवस भोलि पुस २२ गते दिउँसो १ बजे बस्ने भएको छ।’

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि आइतबारका लागि सारिएको जनाइएको छ। आगामी माघ ११ गते हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।