तनहुँ पुगे राष्ट्रपति पौडेल



दमौली ।

राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँ पुगेका छन्। भानु नगरपालिका–७ स्थित पुर्कोट माध्यमिक विद्यालयको शत्वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीलगायतले स्वागत गरे। राष्ट्रपति पौडेल यसअघि गत असोज ६ गते पनि दमौली सभाहल उद्घाटनका लागि तनहुँ गएका थिए।

प्रतिक्रिया दिनुहोस्