शुक्रबार सुनचाँदीको मूल्य स्थिर, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

0
Shares

काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनको मूल्य अनुसार नै आज सुन तोलामा १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।