युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा



काठमाडौं ।

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न खेलमा युभेन्टसले सालेरनिटानालाई ६-१ गोल अन्तरले पराजित गर्दै यस बर्षको कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको हो।

युभेन्टसको जितमा फाबिओ मिरेट्टी, आन्द्रे काम्बियासो, डानीएले रुगानी केनान यिल्डिज र् टिमोथी वीहले एक एक गोल गरेका थिए भने एक गोल सालेरनिटानाका डिलान ब्रोनले आत्मघाती गोल गरेका थिए।

त्यस्तै सालेरनिटानाका लागि एक गोल इकवुएमेसीले गरेका थिए। यो जितपछि अब क्वाटरफाइनलमा युभेन्टसले फ्रोसिनोनेको सामना गर्ने छ।

त्यस्तै क्वाटरफाइनलकाअन्य खेलमा फिओरेंटीनाले बोलोंगा, लाजियोले एएस रोमा र एसी मिलानले एटलान्टाको सामना गर्ने छ। क्वाटरफाइनलका खेलहरू जनवरी ९, १० र ११ मा हुने छन्।

प्रतिक्रिया दिनुहोस्