एमाले सचिवालय बैठक आज



काठमाडौं ।

नेकपा (एमाले)ले सचिवालय बैठक शुक्रबार बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बैठक बस्ने एमालेले जनाएको छ।

राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

राष्ट्रियसभाको आगामी फागुन २० गतेबाट रिक्त हुन लागेको २० सिटका लागि आगामी माघ ११ गते चिर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्