एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ। राष्ट्रिय सभा र विधान संशोधन मस्यौदालगायतको विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो।

बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ। नेकपा एमालेले राष्ट्रियसभामा भागबन्डा खोजेको भोलिपल्ट एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो।

आज बस्ने बैठकमा सत्तारुढ गठबन्धनबाट पार्टीले पाउने सिट तथा एमालेले माग गरेको भागबन्डाको विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेस र माओवादीले राष्ट्रियसभामा एमालेलाई पनि समेटेर लाने प्रयास गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले हिजोको गठबन्धन बैठकमा असन्तुष्टि जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्