आजदेखि फर्निचर तथा फर्निसिङ प्रदर्शनी



काठमाडौं ।

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टस् प्रालिले संयुक्तरूपमा आयोजना गरेको फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी आजदेखि काठमाडौको भृकृटीमण्डपमा आयोजना हुँदैछ।

पुस २२ गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डहरूका सयभन्दा बढी स्टल रहनेछन् । फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउनेछन्।

त्यस्तै, यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी विगत ८ वर्षदेखि कोसेढुंगा सावित हँुदै आएको छ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठसम्बंधी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहनेछ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा सोसाइटी अफ नेपालिज आर्किटेक्ट, इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल, सामुदायिक वन उपभोगक्ता महासंघ, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ तथा नेपाल प्लाइउड उत्पादक संघ रहेका छन् भने ल्यानयार्ड पार्टनरको रूपमा फर्निचर हब रहेको छ।

प्रतिक्रिया दिनुहोस्