यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। बिहीबार एकको खरिददर १३२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५५ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ २ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसामा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा बिहीबार ७ पैसाले घटेको हो।

यस्तै, युरोपियन युरो ८१ पैसाले घटेको छ। आज युरो एकको खरिदमा १४५ रूपैयाँ २२ पैसा र बिक्रीमा १४५ रूपैयाँ ८८ पैसा तोकिएको छ। बुधबार युरो एकको खरिद मूल्य १४६ रूपैयाँ ३ पैसा र बिक्री मूल्य १४६ रूपैयाँ ६९ पैसा तोकिएका थियो।

त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर बिहीबार १६७ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ५९ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङको भाउ अघिल्लो दिनको तुलनामा ७१ पैसाले बढेको हो।

बुधबार पाउन्ड एकको खरिददर १६८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ३० पैसा कायम गरिएको थियो। त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर भने ९० रूपैयाँ ४४ पैसा र बिक्रीदर ९० रूपैयाँ ८५ पैसा कायम गरिएको छ।

त्यसैगरी, क्यानेडियन डलरको भाउ पनि घटेको छ। डलर ८४ पैसाले घटेर एक क्यानेडियन डलरको खरिदमा भने ९९ रूपैयाँ ६३ पैसा र बिक्रीमा १०० रूपैयाँ ८ पैसा तोकिएको छ।

बुधबार क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ २८ पैसा र बिक्रीमा १०० रूपैयाँ ७३ पैसामा कारोबार भएको थियो।  यस्तै, बिहीबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्री मूल्य ३६ रूपैयाँ ६४ पैसा कायम छ।

राष्ट्र बैङ्कले आज एक साउदि अरेबियन रियालको खरिददर ३५ रूपैयाँ ४५ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ६१ पैसा तोकेको छ। युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा पाइन्छ।

मलेसियन रिंगिट एकको खरिददर बिहीबार २८ रूपैयाँ ७१ पैसा र बिक्रीदर २८ रूपैयाँ ८४ पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ २३ पैसा र बिक्रीदर ४३४ रूपैयाँ १८ पैसा तोकिएको छ।

त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २६ पैसा तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्