सुनचाँदीको मूल्य घट्यो



काठमाडौं

बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख २० हजार २०० रुपैयाँ कायम गरिएको छ। यसअघि मंगलबार सुनको भाउ ५०० रुपैयाँले बढेको थियो। अघिल्लो दिनको तुलनामा आज २०० रुपैयाँले सुनको मूल्य घटेको हो।

बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १४ सय ५० रुपैयाँ कायम रहेको छ। मंगलबार चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भएको थियो। मंगलबारको तुलनामा चाँदी १० रुपैयाँले घटेको हो।

प्रतिक्रिया दिनुहोस्