यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर



काठमाडौ ।

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलरको भाउ बढेको छ।

बुधबार एकको खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४९ पैसामा कारोबार भएको थियो।

अघिल्लो दिनको तुलनामा बुधबार १३ पैसाले बढेको हो। यस्तै, युरोपियन युरो घटेको छ। आज युरो एकको खरिदमा १४६ रुपैयाँ ३ पैसा र बिक्रीमा १४६ रुपैयाँ ६९ पैसा तोकिएको छ।

बुधबार युरो एकको खरिद मूल्य १४६ रुपैयाँ ६७ पैसा र बिक्री मूल्य १४७ रुपैयाँ ३३ पैसा तोकिएका थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ६४ पैसा बढेको हो। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर बुधबार १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ३० पैसा तोकिएको छ।

मंगलबार पाउन्ड एकको खरिददर १६९ रुपैयाँ १८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९५ पैसा कायम गरिएको थियो। उता, अस्ट्रेलियन डलर एकको खरिददर भने ९० रुपैयाँ ४४ पैसा र बिक्रीदर ९० रुपैयाँ ८५ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने १०० रुपैयाँ २८ पैसा र बिक्रीमा १०० रुपैयाँ ७३ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ५० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ६६ पैसा कायम हुँदा राष्ट्र बैङ्कले आज एक साउदी अरेबियन रियालको खरिद मूल्य ३५ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३८ पैसा र मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रुपैयाँ ९० पैसा र बिक्रीदर २९ रुपैयाँ ३ पैसामा कारोबार गर्ने अनुमति दिएको छ।

बुधबार कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ५६ पैसा कायम हुँदा  बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ४४ पैसामा कारोबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्