पाँच सयले बढ्यो सुनको मूल्य

0
Shares

काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो।

सोमबार प्रतितोला १ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार कायम भएको महासङ्घले जनाएको छ। यस्तै मंगलबार तेजाबी सुन प्रतितोला १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ।

महासङ्घले चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको  जनाएको छ।