लुम्बिनी एक्स्पोमा मिलन केन्द्रका वृद्ध वृद्धालाई सम्मान

0
Shares

बुटवल।

रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तर्राष्ट्रिय व्यापार मेलामा ज्येष्ठ नागरिक मिलन केन्द्र तिलोत्तमाका ३० वृद्ध महिला तथा पुरुषलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

बृद्धबृद्धाहरुलाई संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवाली, पूर्व अध्यक्षहरु मोती प्रसाद पाण्डे, पदम प्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले संयुक्त रुपमा सम्मान गरेका थिए । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष घिमिरेले समाजमा रहेका बृद्धबृद्धाहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्ने हेतुले उक्त कार्यक्रम राखेको उल्लेख गर्दै पछिल्लो समयमा बृद्धबृद्धाहरुलाई हेला गर्ने जुन परिपाटी बढेको छ त्यसले समाजलाई सही बाटोमा नलैजाने बताए । त्यस अवसरमा अध्यक्ष घिमिरेले बृद्धबृद्धाहरुको संरक्षणमा संघले आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

कार्यक्रममा संघका महासचिव दयानिधि भण्डारीले बृद्धअवस्था हुनु कुनै पाप नभएर प्राकृतिक नियम भएको बताउँदै घर, सामाज र राष्ट्रले बृद्धबृद्धालाई हेय दृष्टिकोणले हेर्न नहुने धारणा राखेका थिए ।

ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले   गुल्मेली समर्पक समाज रुपन्देही र श्रृगेश्वर धाम रहेकै स्थान तिलोत्तमा ४ मा संचालित ज्येष्ठ नागरिक मिलन केन्द्रले  वृद्धवृद्धाहरुलाई दिवा सेवाका लागि बिहान १० वजे देखि साझ ५ बजेसम्म केन्द्रमा राखेर उनीहरूलाई मनोरञ्जन दिलाउने , स्वास्थ्य परीक्षण गराउने, योगा , मेरिटेशन लगायतका ध्यान गराउने गरेको बताए ।

लुम्बिनी एक्स्पो आयोजकले मिलन केन्द्रका वृद्धवृद्धाहरुलाई सम्मान गर्न वोलाएकोले ल्याएको बताए । त्यस्तै मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक विदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए । मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए  । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकास र प्रवेशद्वारहरु पनि थप गरिएको थियो । मेलामा दर्शकहरुको अत्यधिक भिडलाई नियन्त्रण गरी सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन आयोजकहरुलाई हम्मे हम्मे परेको थियो ।